images
images
  • रविन्द्र मिश्र तेस्रो हार व्यहोर्दै, मतपरिणाम पुच्छारमा

    काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपाने अग्रस्थानमा छिन् ।

    हालसम्मको मतगणनाअनुसार उनले १३ हजार ५९१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिए ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ५ हजार ६९६ मत प्राप्त गरेक्क्क छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३ हजार ५०७ मत पाएका छन् ।

    हालसम्म २६ हजार २१६ मत गणना भइसकेको छ। तीमध्ये २५ हजार ६०० मत सदर भएका छन् भने ६१६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images