images
images
  • ५३ निर्वाचन क्षेत्रमा मतगणना जारी, रास्वपाको उत्साहजनक अग्रता

    काठमाडौं- बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ ।

    केही निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छ भने केहीमा मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

    पछिल्लो विवरण अनुसार ५३ निर्वाचन क्षेत्रमा मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले उत्साहजनक अग्रता बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणना जारी रहेका ५३ मध्ये ४२ क्षेत्रमा अग्रता बनाएको छ ।

    यस्तै, नेपाली कांग्रेस र नेकपा एमालेले ४–४ स्थानमा अग्रता बनाएका छन् । नेपाली कम्युनिस्ट पार्टीले २ र श्रम संस्कृति पार्टीले एक स्थानमा अग्रता बनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images