images
images
  • रुकुमपूर्वमा प्रचण्डलाई फराकिलो मतको अग्रता

    काठमाडौं- रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

    प्रारम्भिक मतगणना अनुसार २ हजार ६३५ मत गणना गर्दा प्रचण्डले १ हजार ४१५ मत प्राप्त गरेका छन् ।

    उनलाई नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ मतका साथ पछ्याइरहेका छन् ।

    नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४१७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का लखनकुमार थापाले १७६ मत ल्याएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images