images
images
  • चितवन-३ मा सोविता गौतमको अग्रता कायमै, रेणु दाहाल पछ्याउँदै

    काठमाडौं- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर-३ मा रास्वपा उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छिन् ।

    रातिबाट सुरु भएको मतगणनामा गौतमले सुरुवाती अग्रता लिएकी थिइन् ।

    उनले हालसम्मको मत गणनामा २ हजार ४८५ मत पाइकी छिन् भने उनलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेणु दाहाले पछ्याइरहेकी छिन् । दाहालले १ हजार ७८६ मत पाएकी छिन् ।

    एमाले उम्मेदवार शंकर थपलिया तेस्रो स्थानमा रहेका छन् । उनले ५३५ मत पाएका छन् भने कांग्रेसका टेकप्रसाद गुरुङले २७६ मत सहित चौथो स्थानमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images