images
images
  • देशभर रास्वपाको अग्रता, कांग्रेस र एमाले धेरै पछाडि

    काठमाडौं- बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) प्रारम्भिक अग्रता देखाएको छ ।

    गएरातिबाट सुरु भएको गणनामा पुराना दल नेपाली कांग्रेस र एमाले भन्दा रास्वपा धेरै अगाडि देखिएको हो ।

    देशभरका विभिन्न ठाउँको प्रारम्भिक मतपरिणाम अनुसार रास्वपा उम्मेदवारले अग्रता लिएका छन् ।

    प्रारम्भिक परिणाम अनुसार रास्वपाले १९ क्षेत्रमा अग्रता लिँदा एमाले तीन र कांग्रेस एक क्षेत्रमा मात्र अगाडि छ ।

    चितवन २ मा रास्वपा सभापति रवि लामिछानेले अग्रता लिँदा काठमाडौं १ मा रास्वपाकै रञ्जु दर्शना अगाडि छन्।

    भक्तपुर २ मा महेश बस्नेतलाई पछाडि पार्दै राजीव खत्री अगाडि छन् । झापा ५ मासमेत केपी शर्मा ओली भन्दा बालेन अगाडि देखिएका छन् ।

    चितवन ३ मा नेकपाकी रेणु दाहाललाई पछाडि पार्दै रास्वपाकी सोविता गौतमले अग्रता लिएकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images