images
images
  • झापा-५ मा बालेन शाहले केपी ओलीलाई सुरुवातमै पछि पारे

    काठमाडौं- बहुप्रतीक्षित झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ ।

    प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

    कूल एक हजार ४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् ।

    पाँच निर्वाचन क्षेत्र रहेको झापा यसपटकको निर्वाचनको इपिसेन्टर रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images