काठमाडौं- काठमाडौं-३ को मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका राजु पाण्डेले कुलमान घिसिङलाई २५४ मतले पछि पारेर अग्रता बनाएका छन्।
काठमाडौं-३ को मतगणाना चलिरहँदा उज्यालो नेपाल पार्टीकाकुलमान घिसिङ पछि परेका छन् ।
यसअघिसम्म अग्रता बनाइरहेका घिसिङ पछि परेका हुन् । बिहान ५ बजेसम्मको मतगणना अनुसार अहिले उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजु पाण्डेले उछिनेका हुन् ।
अहिले राजु पाण्डे २५४ मतले अघि छन् । कुलमानले २७०६ ल्याउँदा राजुले २९६० ल्याएका छन् ।
उनीहरूलाई नेपाली कांग्रेशका रमेश अर्याल र एमालेका रामेश्वर फुयाँलले क्रमशस् ५८३ र ४५६ मत ल्याएर पछ्याइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्























