काठमाडौं- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन-२ मा एमालेले अग्रता कायमै राखेको छ ।
जारी मतगणनामा चितवन २ अन्तर्गतको इच्छाकामना गाउँपालिकाका ३ वटा वडाका मतदान केन्द्रको मतगणना गर्दा
एमालेका अस्मिन घिमिरेले ७९५ मत पाएका छन् भने उनलाई रास्वपाका सभापति रवि लामिछानेले पछ्याइरहेका छन् ।
रास्वपाका लामिछानेले ५३१ मत पाउँदा नेकपा प्रताप गुरुङ तेस्रो स्थानमा रहेका छन् ।
उनले २९५ मत पाएका छन् । कांग्रेसकी उम्मेदवार मिना खरेलले २५६ मत पाएर चौथो स्थानमा रहेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्























