images
images
  • काठमाडौं-३ मा कुलमान घिसिङको अग्रता कायमै

    काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ३ मा जारी मतगणनामा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् ।

    पछिल्लो मत परिणामअनुसार, घिसिङले १८४६ मत प्राप्त गरी शीर्ष स्थानमा रहँदा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजु नाथ पाण्डेले १५६० मतसहित पछ्याइरहेका छन् ।

    घिसिङ आफ्ना निकटतम प्रतिस्पर्धी पाण्डेभन्दा २८६ मतले अगाडि छन् ।

    त्यस्तै, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले ५८३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का रामेश्वर फुयालले ४५६ मत पाएका छन् ।

    यस क्षेत्रमा मतगणना कार्य जारी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images