images
images
  • इरानमा नेतृत्व परिवर्तनको प्रक्रिया संविधान अनुसार अघि बढ्दै

    काठमाडौं- इरानमा नेतृत्व परिवर्तनको प्रक्रियाबिच देशमा सत्ता शून्यता सिर्जना नहुने सङ्केत देखिएको छ ।

    इरानका सरकारी संरचनाहरू अहिले पनि नियमित रूपमा सञ्चालन भइरहेका तेहरान विश्वविद्यालयका सह–प्राध्यापक हसन अहमादियनले बताएका छन् ।

    देशका महत्त्वपूर्ण रणनीतिक निर्णयहरू अहिले नेतृत्व परिषद् र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्मार्फत भइरहेको अल जजिरासँग कुरा गर्दै उनले बताए ।

    अहमादियनका अनुसार यी निकायहरूले पहिला रणनीतिक निर्णयहरू तयार पार्छन् र त्यसपछि ती प्रस्तावहरू नेतृत्व परिषद्मा पठाइन्छ ।

    परिषद्ले आवश्यक परे निर्णयलाई अनुमोदन गर्ने वा संशोधन गर्ने प्रक्रिया अपनाउँछ । उनले यो प्रक्रिया इरानको सामान्य राजनीतिक निर्णय प्रणालीअनुसार नै चलिरहेको स्पष्ट पारे ।

    इरानको संविधानअनुसार नयाँ नेतृत्व चयनको प्रक्रिया पनि अघि बढिरहेको उनले भने ।

    उनका अनुसार गार्डियन काउन्सिल भित्र यस विषयमा छलफल भइरहेको खबरहरू आएका छन् ।

    ‘मैले इरानमा सत्ता शून्य हुने कुनै अवस्था देखेको छैन,’ अहमादियनले भने । -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images