काठमाडौं- सुनसरीका चार वटै निर्वाचन क्षेत्रमा गरी ६४ प्रतिशत मतदान भएको छ ।
सुनसरीमा कुल ५ लाख ८० हजार ९४५ मतदाता थिए । त्यसमध्ये ३ लाख ६९ हजार ६ सय जना मतदानमा सहभागी भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यो कुल मतदाताको करिब ६३ दशमलव ६ प्रतिशत हो।
निर्वाचन क्षेत्र-१ मा १ लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८६५ मत खसेको छ।
यसैगरी निर्वाचन क्षेत्र-२ मा १ लाख ५८ हजार ९०१ मतदातामध्ये १ लाख १ हजार ४ मत खसेको छ।
त्यस्तै, निर्वाचन क्षेत्र-३ मा १ लाख ३४ हजार ३०२ मतदातामध्ये ९५ हजार १९५ मत खसेको छ।
यसैगरी निर्वाचन क्षेत्र–४ मा १ लाख ३७ हजार ३४० मतदातामध्ये ८५ हजार ५४६ मत खसेको छ ।
बिहीबार प्रतिनिधि सभा निर्वाचन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्























