images
images
  • अमेरिकी तेल ट्यांकरमाथि आक्रमण गरेको इरानको दाबी

    काठमाडौं- इरानले खाडी क्षेत्रमा आफूले अमेरिकी तेल ट्यांकरमाथि आक्रमण गरेको दाबी गरेको छ ।

    इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले विज्ञप्ति जारी गर्दै उत्तरी फारस खाडीमा अमेरिकी ध्वजाबाहक एक तेल ट्यांकरमाथि आक्रमण गरेको दाबी गरेको हो ।

    युद्धको अवस्थामा होर्मुज जलडमरूको नियन्त्रण इरानको अधिकारभित्र रहेको र अमेरिकी, इजरायली, युरोपेली तथा उनीहरूका सहयोगी देशका जहाजहरूलाई अनुमति नदिइने चेतावनी आईआरजीसीले दोहोर्‍याएको छ ।

    यो घटनाले खाडी क्षेत्रको तनाव अझ बढाउने संकेत दिएको छ ।

    गत शनिबारदेखि सुरू भएको इजरायल-अमेरिका र इरानबिचको युद्धका कारण हालसम्म १ हजार ४५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images