images
images
  • फेरी सुरु भयो दोलखा मालुमा रोकिएको मतदान, मतदाता बोलाइँदै

    काठमाडौं- दोलखाको तामाकोशी गाउँपालिका-४ मालुस्थित मतदान केन्द्रमा पुन: मतदान सुरु भएको छ ।

    तामाकोशी ४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि सुरु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए ।

    मतदान सुरु भएसँगै स्थानीय प्रशासनले माइकिङ गरेर तितरबितर भएका मतदातालाई बोलाइएको छ ।

    सो मतदान केन्द्रमा करिब ३ सय मत खसेपछि विवाद भएको थियो ।

    विवादपछि मतदान रोकिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images