images
images
  • छिटपुट घटनाबाहेक शान्तिपूर्ण मतदान सम्पन्न, ६ हजार ५४१ उम्मेदवारको भविष्य बाक्सामा कैद

    काठमाडौं- बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधि सभा निर्वाचन-२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ ।

    निर्वाचन आयोगका अनुसार ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेकाहरूले भोट हाल्न अझै पाउने जनाएको छ ।

    तर, निर्धारित समय ५ बजेभित्र लाइनमा नस्बनेले भने मतदान गर्न पाउने छैनन् ।

    निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिट गरी कुल २७५ सिटका लागि भएको निर्वाचनमा कुल ६ हजार ५४१ उम्मेदवार मैदानमा छन् ।

    जसअनुसार अनुसार निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

    यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images