images
images
  • दोलखाको मतदान स्थलबाट पक्राउ परेका ८ जना रिहा

    काठमाडौं- दोलखाको तामाकोशी गाउँपालिका-४ स्थित गोल्मेश्वर माबि मतदान स्थलबाट पक्राउ परेका ८ जना रिहा भएका छन् ।

    बिहीबार बिहान मतदान सुरु भएपछि विवाद हुँदा ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

    पक्राउ परेकाहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।

    ३ सय मत खसेपछि मतदानस्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजेपछि विवाद सुरु भएको थियो ।

    उक्त मतदानस्थलमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images