दोलखा- दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रमा बुथ कब्जा गर्ने प्रयास भएपछि रोकिएको मतदान अब अर्को मितिमा गरिने भएको छ।
मतदान अधिकृतले स्थगित मतदानका लागि नयाँ मिति तोक्न जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय गरेका छन्।
कांग्रेस र नेकपाका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाका कार्यकर्ताले विरोध जनाउँदा स्थिति तनावपूर्ण बनेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो।
घटनामा संलग्न केही व्यक्तिविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ भने नियन्त्रणमा रहेका अन्य चार जनालाई सोधपुछपछि छाड्ने तयारी गरिएको बताइएको छ। कांग्रेस र नेकपाले भने सबैलाई बिना सर्त रिहा गर्न माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस्























