images
images
  • यूएईको आबुधावीमा ड्रोनको टुक्रा खसेर लाग्दा नेपालीसहित ६ जना घाइते

    काठमाडौं- यूएईको आबुधावीमा हवाई रक्षा प्रणालीले ड्रोन रोक्न सफल भएपनि टुक्रा खसेर लाग्दा ६ जना घाइते भएका छन् ।

    घाइते हुनेमा नेपाली नागरिक पनि रहेको त्यहाँको सरकारी मिडिया कार्यालयले जनाएको छ ।

    आबुधाबीको आईसीएडी २ जिल्लाका दुई स्थानमा ड्रोनको टुक्रा खसेको समाचारमा उल्लेख छ ।

    समाचारमा घाइतेको नाम भने खुलाइएको छैन । उनीहरूलाई गम्भीरदेखि मध्यमस्तरसम्मका चोटपटक लागेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images