दोलखा- दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोलेश्वर मावि मतदान केन्द्रबाट लुटिएका ५४ मतपत्रमध्ये ४५ वटा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मनोजकुमार लामाका अनुसार बाँकी ९ मतपत्रको खोजी भइरहेको छ।
मतपत्र लुटिएपछि उक्त केन्द्रमा मतदान सुरु हुन सकेको छैन। घटनाका क्रममा मतदानस्थलमा कर्मचारीमाथि हातपातसमेत भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइफायर गरेको जनाएको छ।
दोलखाका अन्य मतदान केन्द्रहरूमा भने मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार दिउँसो ३ बजेसम्म देशभर ४१.८९ प्रतिशत मतदान भएको छ।
प्रतिक्रिया दिनुहोस्























