images
images
  • देशैभर ४ बजेसम्म ४५ प्रतिशत मतदान

    काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार दिउँसो ४ बजेसम्म देशभर करिब ४५ प्रतिशत मतदान भएको छ।

    अद्यावधिक तथ्याङ्कअनुसार कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये करिब ८४ लाख ६० हजार ६७७ जनाले मतदान गरिसकेका छन्।

    मतदानको अवस्था हेर्दा काठमाडौँ उपत्यकामा सबैभन्दा बढी उत्साह देखिएको छ। उपत्यकाका १५ निर्वाचन क्षेत्रमा दिउँसो करिब पौने ४ बजेसम्म ५४ प्रतिशत मत खसेको छ।

    प्रदेशगत रूपमा गण्डकी र कर्णाली प्रदेशमा सबैभन्दा बढी ४८ प्रतिशत मतदान भएको छ। त्यसपछि बागमती र लुम्बिनीमा ४७ प्रतिशत, कोशीमा ४६ प्रतिशत मतदान भएको छ।

    त्यस्तै मधेस प्रदेशमा सबैभन्दा कम ३७ प्रतिशत मात्र मतदान भएको छ भने सुदूरपश्चिममा ३९ प्रतिशत मत खसेको छ।

    देशभरका १६५ निर्वाचन क्षेत्रका १०,९६७ मतदानस्थलमा बिहानदेखि मतदान भइरहेको छ। साँझ ५ बजेसम्म मतदान जारी रहने भएकाले अन्तिम समयसम्म मतदान प्रतिशत अझै बढ्ने अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images