images
images
  • दोलखामा मतपत्रको ठेली नै लुटिएपछि सर्वदलीय बैठक जारी

    दोलखा- दोलखाको तामाकोशी गाउँपालिका–मालु मतदान केन्द्रबाट ५५ वटा मतपत्र हराएपछि मतदान रोकिएको छ। केही व्यक्तिले मतदान कर्मचारीबाट मतपत्रको ठेली खोसेर लगेपछि स्थिति तनावग्रस्त बनेको हो।

    घटनापछि भएको झडप नियन्त्रण गर्न प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो। मतपत्र खोसेर लगेका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रशासनले जनाएको छ।

    घटनापछि सर्वदलीय छलफल जारी रहेको छ। सहमति जुटेमा केहीबेरमै मतदान पुनः सुरु गरिने सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेले बताएका छन्। मतदानस्थल बाहिर मतदाताले मतदान गर्न पाउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् भने केही मतदाता घर फर्कन थालेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images