काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल र उनका दाइ कुमारले मतदान केन्द्रमै कुटाइ खाएका छन् ।
जिल्लाको कालिका उच्च माध्यामिक विद्यालय सुनखानी मतदान केन्द्रमै उनीहरू दुई भाइ कुटिएका हुन् ।
जगदीश र कुमार केही समय अगाडि उक्त मतदान केन्द्रमा पुगेका थिए । उनीहरू पुग्ने बित्तिकै विवाद हुँदा कुटाइ खाएका हुन् ।
उनीहरूलाई अहिले प्रहरीले सेल्टर दिइरहेको छ भने मतदान प्रक्रिया प्रभावित बनेको छ ।
जगदीश प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका सन्चारमन्त्री थिए ।
प्रतिक्रिया दिनुहोस्























