images
images
  • भोट हाल्न आएनन् देउवा, सिङ्गापुरमा उपचार गराउँदै

    काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा भोट हाल्न गृहजिल्ला डडेलधुरा आएका छैनन्।

    विसं २०४८ सालयताका सबै संसदीय निर्वाचन जित्दै आएका देउवा यस पटक भोट खसाल्न नआएका हुन्।

    नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले देउवा सिङ्गापुरमा रहेकाले भोट हाल्न नआएको बताए।

    “उहाँ उपचार गराइराख्नुभएको छ,” उनले भने, “बाहिर चुनाव बहिष्कार भन्ने हल्ला छ तर उहाँ निकै बिरामी हुनुहुन्छ।”

    देउवाले डडेल्धुराबाट सात पटक चुनाव जितेका थिए। उनी पाँच पटक देशको प्रधानमन्त्री बनेका थिए।

    जेन जी आन्दोलनका बेला देउवा र उनकी श्रीमती आरजु देउवामाथि साङ्घातिक आक्रमण भएका भिडिओहरू सोशल मिडियामा देखिएका थिए। उनको घर पनि आगलागी भएको थियो।

    देउवाको संलग्नता र स्वीकृतिबिना पार्टीको विशेष महाधिवेशन आयोजना भएपछि नेपाली कांग्रेस पार्टीको सभापति पद पनि गुमाउन पुगेका थिए।

    विशेष महाधिवेशनले तत्कालीन महामन्त्री गगन थापालाई सभापति बनाएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images