रुकुम (पूर्व)– नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार रहेको रुकुम (पूर्व) निर्वाचन क्षेत्रमा आज दिउँसो १ बजेसम्म ४०.०९ प्रतिशत मत खसेको छ।
प्रमुख निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार, अहिलेसम्म कुल १३,९१९ मतदाता मतदानका लागि उपस्थित भएका छन् ।
जसमा पुरुष ६,६१७ र महिला ७,३२३ रहेका छन्। निर्वाचन क्षेत्रमा सबै मतदान केन्द्रमा अहिलेसम्म शान्तिपूर्ण मतदान भइरहेको जानकारी दिइएको छ।
प्रतिक्रिया दिनुहोस्























