काठमाडौं— दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपत्र हराएको र विवाद बढेपछि मतदान रोकिएको छ।
जिल्ला प्रशासनले हराएका मतपत्रहरूको खोजी जारी राखेको छ। सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेका अनुसार ५४–५५ मतपत्रमध्ये ४४ वटा फेला परेको तर बाँकी मतपत्र खोजी भइरहेको छ।
मतदान सुरु गर्न दलका प्रतिनिधिबिच छलफल भइरहेका छन्। झडप नियन्त्रणमा लिन प्रहरीले केही बुथ एजेन्टलाई नियन्त्रणमा लिएको छ।
स्थानीय प्रशासनले भने मतपत्र सुरक्षित राख्न बुथ एजेन्टलाई सुरक्षित ठाउँमा लगेर राखेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्























