दोलखा- दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका हराएको घटनाका कारण मतदान अझै सुरु हुन सकेको छैन।
जिल्लामा झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणका लागि हवाई फायर चलाएको थियो। सो क्रममा ५४/५५ मतपत्रमध्ये ४४ फेला परेका छन् भने बाँकीको खोजी जारी छ।
केही बुथ एजेन्टलाई प्रहरी नियन्त्रणमा राखिएको छ र दलका प्रतिनिधिबीच छलफलपछि मतदान सुरु गरिने तयारी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्























