images
images
  • ओली-बालेनको निर्वाचन क्षेत्र झापामा कति खस्यो मत ?

    विराटनगर— झापा निर्वाचन क्षेत्र–५ मा बिहीबार बिहान ११ बजेसम्म करिब २२–२३ प्रतिशत मत खसेको अनुमान गरिएको छ। निर्वाचन अधिकृत विदुर कुमार कार्कीका अनुसार मतदान उत्साहजनक रूपमा भइरहेको छ।

    बिहानैदेखि मतदाता शान्तिपूर्वक मतदान केन्द्रमा उपस्थित छन् र केही सामान्य भीड भए पनि प्रक्रिया सहज रूपमा अघि बढिरहेको छ।

    कार्कीले सुरक्षा कडा गरिएको र अहिलेसम्म कुनै अप्रिय घटना नभएको जानकारी दिएका छन्। दिउँसोपछि मतदाताको उपस्थितिमा अझ वृद्धि हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images