images
images
  • सर्लाहीको बलरा–४ मा मतदान रोकियो, विवाद समाधान प्रयासमा

    सर्लाही- सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि मतदान रोकिएको छ।

    यस मतदान केन्द्र श्री प्राथमिक विद्यालयमा दलका प्रतिनिधिहरूबीच मतगणनासम्बन्धी विवाद भएपछि मतदान अवरुद्ध भएको हो।

    बलरा क्षेत्र रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका रहेको बताइएको छ। घटनास्थलमा अहिले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित सुरक्षा अधिकारीहरू पुगेका छन् र विवाद समाधान गर्न प्रयास गरिरहेका छन्।

    स्थानीय स्रोतका अनुसार, मतदान पुनः सुरु गर्न विवाद चाँडै समाधान गर्ने प्रयास जारी छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images