images
images
  • ठाउँ-ठाउँमा स्थानीयद्वारा चुनाव बहिष्कार

    ओखलढुंगा- स्थानीय बासिन्दाले प्रतिनिधिसभा निर्वाचनको मतदान बहिष्कार गरेका छन्। स्थानीयका अनुसार प्रादेशिक अस्पताल निर्माणको माग लामो समयदेखि सम्बोधन नभएको भन्दै उनीहरूले मतदानमा सहभागी नहुने निर्णय गरेका हुन्।

    शहीद स्मृति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा बिहान १० बजेसम्म कुनै पनि मतदाता मतदानका लागि उपस्थित नभएको प्रशासनले जनाएको छ। उक्त केन्द्रमा कुल ७०१ मतदाता रहेका छन्।

    प्रमुख जिल्ला अधिकारीले स्थानीयको माग पूरा नभएको कारण मतदान बहिष्कार भएको जानकारी दिए। उनले स्थिति सामान्य राख्न प्रशासनले निगरानी बढाएको पनि बताएका छन्।

    त्यस्तै दाङका निकुञ्ज प्रभावितले पनि निर्वाचन बहिष्कार गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images