images
images
  • काठमाडौंमा शान्तिपूर्ण मतदान जारी, प्रधानमन्त्रीदेखि क-कसले हाले भोट ?

    काठमाडौं- काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

    प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा काठमाडौँका ८१७ वटै मतदान केन्द्रमा उत्साहका साथ मतदान जारी रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए ।

    काठमाडौंंका विभिन्न निर्वाचन क्षेत्रका बुतबाट प्रधानमन्त्री सुशीला कार्कीदेखि उच्चस्तरीय नेताहरूले भोट हालेका छन् ।

    निर्वाचनका लागि उच्चस्तरको शान्ति सुरक्षाको प्रत्याभूति गरिएकाले मतदाताहरु उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भएको उनले बताए ।

    प्रजिअ पौडेल नेतृत्वको टोली अहिले काठमाडौंका विभिन्न मतदानस्थलको अनुगमनमा निस्केको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images