दार्चुला- दार्चुला जिल्ला को अपि हिमाल गाउँपालिका–३ स्थित दुधिला मावि मतदान केन्द्रमा स्थानीय मतदाता नआएपछि मतदान सुरु हुन सकेन।
वडा विभाजनको माग पूरा नभएको भन्दै स्थानीयले यसअघि नै ‘नो भोट’ अभियान घोषणा गरेका थिए। सोही कारण मतदाताले मतदान बहिष्कार गरेका हुन्।
यस केन्द्रमा ३४६ मतदाता रहेका छन्। यस्तै नौगाड गाउँपालिका–१ को नागुस्थित मतदान केन्द्रका स्थानीयले पनि मतदान नगर्ने निर्णय गरेका छन्।
प्रतिक्रिया दिनुहोस्























