images
images
  • उदयपुरमा प्रहरीले बोकेको सटगन अचानक पड्कियो, मतपेटिकामा क्षति

    काठमाडौं- उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ ।

    कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोला स्थित ‘ख’ मतदान केन्द्रमा खटिएका प्रहरी जवानले बोकेको सटगन अचानक पड्किएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    असावधानीपूर्वक सटगनबाट १ राउन्ड गोली पड्केको हो ।

    मतपेटिकामा ४ मत खसेको थियो ।

    मतपत्र भने सुरक्षित रहेको बताइएको छ ।

    सो स्थानमा मतदान कार्य पुनः सुचारु भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images