images
images
  • काठमाडौं जिल्लामा ९ बजेसम्म ५ हजारभन्दा बढी मतदाताले गरे मतदान

    काठमाडौं- काठमाडौं जिल्लामा बिहीबार बिहान ९ बजेसम्म ५ हजारभन्दा बढी मतदाताले मतदान गरेका छन् ।

    काठमाडौंका प्रमुख निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईका अनुसार जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

    उनका अनुसार तोकिएका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको र मतदाताको सहभागिता उत्साहजनक देखिएको छ ।

    जिल्लाभर सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभाको निर्वाचन गराएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images