काठमाडौं- उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्किएको छ ।
कटारी नगरपालिका-३ स्थित तरकारी तथा फलफूलकेन्द्र तावाखोल (ख) मतदान केन्द्रमा हतियार पड्किएको हो ।
असावधानीवश हतियार पड्किएको प्रहरीले बताएको छ ।
प्रहरीले बोकेको सटगनबाट गोली पड्किएको हो ।
कुनै क्षति भने नभएको प्रहरीले बताएको छ । सुरक्षाकर्मी लड्दा पड्किएको कोशीका डीआईजी विनादे घिमिरेले बताए ।
प्रतिक्रिया दिनुहोस्























