images
images
  • बाँकेको खजुरामा भेटिएको शङ्कास्पद बस्तु सेनाले गरे निष्क्रिय

    काठमाडौं- बाँकेको खजुरा गाउँपालिका-६ स्थित गिजरामा भेटिएको शङ्कास्पद बस्तु सेनाले निष्क्रिय पारेको छन् ।

    गएराति गिजराबाट सिमलघारी जाने भित्री सडकमा शङ्कास्पद बस्तु भेटिएको थियो ।

    निर्वाचन बिथोल्न खोज्ने समूहले राखेको सो शङ्कास्पद बस्तु होक्स रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    शङ्कास्पद बस्तु भेटिएपछि इलाका प्रहरी कार्यालय धनौलीका इन्स्पेक्टर केशव राज भट्ट, सशस्त्रका डीएसपी शंकर दत्त तिवारी र सेनाका सहायक हवल्दार रिक्सन थापा सहितको टोलीले घटनास्थल सुरक्षित बनाउँदै बम डिस्पोजल टोलीको सहयोगमा शङ्कास्पद बस्तु निष्क्रिय पारेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images