images
images
  • कुलमान घिसिङले गरे मतदान, भने- जनताले विश्वास गरे जित्छौं

    काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन् ।

    आज बिहान ७ बजे नै घिसिङले बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

    घिसिङ काठमाडौं-३ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन् ।

    मतदान गरेपछि अध्यक्ष घिसिङले जनताले विश्वास गरेर आफ्नो पार्टीले निर्वाचनमा जित्ने बताएका छन् ।

    मतदान गरेपछि छोटो प्रतिक्रिया दिंदै उनले भने, ‘जनताले विश्वास गरेर हामीले जित्छौं ।’

    उनले अहिलेसम्म निर्वाचनको अवस्था शान्तिपूर्ण नै रहेको प्रतिक्रिया दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images