images
images
  • चुनावको दिन कस्तो रहला देशभरको मौसम ?

    काठमाडौं- आज देशका अधिकांश भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    कोशी प्रदेशका हिमाली, पहाडी र तराई भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने जनाइएको छ भने मधेस प्रदेशका तराईका केही भागमा मुख्यतया मौसम सफा रहनेछ।

    बागमती प्रदेशका हिमाल, पहाड र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ। गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बदली हुनेछ।

    लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहनेछ।

    कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ।

    सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भूभागमा मुख्यतया मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images