images
images
  • रकमसहित पक्राउ परेका जसपा नेपालका उम्मेदवार अशेश्वर यादव हिरासतमुक्त

    काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा-३ का उम्मेदवार अशेश्वर यादव हिरासतमुक्त भएका छन् ।

    मौन अवधिको समयमा रकमसहित पक्राउ परेका यादवलाई प्रहरीले छाडेको हो ।

    उनको साथबाट भेटिएको रकमको वैधता पुष्टि भएपछि उनलाई छाडिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    गाडीमा निर्वाचन सामग्री बोकेको विषयमा निर्वाचन कार्यालयले उनलाई स्पष्टीकरण सोधिएको छ ।

    उनीसहित ५ जना गएराति नेपाल-भारत सीमाक्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित पक्राउ परेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images