images
images
  • राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

    काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ।

    बुधबार अपराह्न प्रधानमन्त्री कार्की राष्ट्रपति कार्यालय शीतलनिवास पुगेकी हुन्।

    प्रधानमन्त्री कार्कीले चुनावको तयारीबारे राष्ट्रपति पौडेललाई जानकारी गराएकी छन्।

    सरोकारवाला निकायबाट निर्वाचन तयारीबारे जानकारी लिएपछि प्रधानमन्त्री कार्की शीतलनिवास पुगेकी हुन्।

    निर्वाचनको तयारीसँगै समसामयिक राजनीतिक अवस्थाबारे पनि राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच छलफल भएको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images