काठमाडौं- सिन्धुलीको कमलामाई नगरपालिका-४ हिरापानीमा बस र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौंबाट सिन्धुलीको मरिणतर्फ जाँदै गरेको बा.४.ख ३८९४ नम्बरको बस र सिन्धुलीमाढीबाट चियावारीतर्फ जाँदै गरेको ज.१०.प.९२३ नम्बरको स्कुटर आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि सिन्धुली अस्पताल पुर्याइएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कमलामाई नगरपालिका-६ धुराबजार बस्ने वर्ष ३५ को चन्द्र श्रेष्ठ रहेका छन् ।
दुर्घटनापछि बस चालक हरिहरपुरगढी गाउँपालिका-५ निवासी ४१ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस्























