images
images
  • पङ्चर भयो श्री एयरको जहाजको टायर

    काठमाडौं- सुर्खेत विमानस्थलमा श्री एयरको जहाज आज दिउँसो अवतरण गर्ने क्रममा टायर पङ्चर भएको छ । ‎

    9N-AOL कल साइन भएको जहाज सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा टायर पङ्चर भएको हो ।

    ‎‎सुर्खेत विमानस्थलका प्रमुख हिराजन काफ्लेका अनुसार पङ्चर भएको टायर पछाडिको बायाँ तर्फको हो ।

    ‘अन्य त्यस्तो कुनै क्षति भएन,’ उनले भने, ‘सबै यात्रुहरू सकुशल बाहिरिएका छन्।’

    हाल विमान पार्किङ बेमा राखेर मर्मत सम्भार भइरहेको छ ।

    ‎घटनापछि सुर्खेत-काठमाडौं निर्धारित उडान भने रद्द गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images