काठमाडौं- फागुन २१ गते अर्थात भोलि बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो घर जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपलब्ध गराएको पछिल्लो २० दिनको ९फागुन १ गतेदेखि २० गते बिहान ६ बजेसम्म० तथ्याङ्कअनुसार ८ लाख ८४ हजारभन्दा बढी नागरिकले उपत्यका छोडेका छन्।
कुल ८ लाख ८४ हजार ९५ यात्रुहरू उपत्यकाबाट बाहिरिँदा सोहिअवधिमा विभिन्न नाका हुँदै ६ लाख ६७ हजार ५३२ यात्रु उपत्यका भित्रिएका छन्।
यस्तो छ यात्रुको विवरण

प्रतिक्रिया दिनुहोस्























