काठमाडौं- अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आइतबार इरानी ड्रोन आक्रमणमा मारिएका छ अमेरिकी सैनिकमध्ये चार जनाको पहिचान गर्दै तस्बिरहरू सार्वजनिक गरेको छ।
मारिएका सैनिकहरू हुन्: क्याप्टेन कोडी खोर्क (३५), सार्जेन्ट फर्स्ट क्लास नोआ टिएटजेन्स (४२), सार्जेन्ट फर्स्ट क्लास निकोल अमोर (३९), र सार्जेन्ट डेक्लान कोडी (२०)। यी सबै आयोवामा रहेको आर्मी रिजर्भ सस्टेनमेन्ट युनिटमा खटाइएका थिए।
आक्रमण आइतबार कुवेतको पोर्ट शुआइबामा भएको थियो। अन्य दुई सैनिकको पहिचान अहिलेसम्म सार्वजनिक गरिएको छैन। सेना सचिव डेनियल ड्रिस्कोलले सैनिकहरूको बलिदानको प्रशंसा गर्दै भने, “हामी उनीहरूको साहस र देशप्रतिको समर्पण कहिल्यै बिर्सने छैनौं।”
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















