images
images
  • इरानले विश्वकप खेलोस् वा नखेलोस् मतलब छैन : ट्रम्प

    काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को फिफा विश्वकपमा इरानको सहभागिताप्रति आफूलाई कुनै चासो नभएको बताएका छन्। ट्रम्पले ‘इरान खेलोस् वा नखेलोस् मलाई मतलब छैन, यो देश अहिले कमजोर अवस्थामा छ’ भनेका छन्।

    इरान लगातार चौथो पटक विश्वकप छनोटमा पुगेको छ र समूहका तीनै खेल अमेरिकामा खेल्नेछ। तर पछिल्ला तनाव र युद्धप्रतिक्रियाका कारण इरानको फुटबल संघका प्रमुख मेहदी ताजले यसपटकको सहभागिताबारे शंका व्यक्त गरेका छन्। उनले अन्तिम निर्णय खेलकुद मन्त्रालयले गर्ने बताए।

    फिफाका महासचिव म्याथियास ग्राफस्ट्रोमले भनेका छन् कि सबैको सहभागितामा सुरक्षित विश्वकप आयोजना गर्नु नै मुख्य प्राथमिकता हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images