images
images
  • निर्वाचन अधिकृतको जिम्मेवारीबाट गैरेलाई हटाइयो

    बागलुङ- बागलुङमा प्रतिनिधिसभा निर्वाचनअघि एक मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ।

    बागलुङ क्षेत्र नं. २ अन्तर्गत गलकोट नगरपालिका–१० स्थित रमुवा आधारभूत विद्यालयका लागि खटाइएका मतदान अधिकृत प्रकाश गैरेलाई पदबाट हटाइएको हो। ढोरपाटन नगरपालिकाका प्रशासकीय अधिकृतसमेत रहेका गैरेले आफ्नो जिम्मेवारीअनुसार काम गर्न नसक्ने देखिएको भन्दै निर्णय गरिएको निर्वाचन अधिकृत भीम प्रसाद सुवेदीले जानकारी दिएका छन्।

    व्हाट्सएप समूहमा उनले व्यक्त गरेका केही अभिव्यक्ति र गतिविधिले निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा असर पर्न सक्ने ठहर गर्दै उनलाई जिम्मेवारीमुक्त गरिएको जनाइएको छ। गैरेलाई मतपत्र तथा मतदान सामग्री तुरुन्तै सुरक्षा निकायलाई बुझाउन निर्देशन दिइएको छ।

    उनको स्थानमा भुवन बहादुर कुँवरलाई नयाँ मतदान अधिकृतका रूपमा खटाइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images