डोल्पा- माथिल्लो डोल्पाको दुर्गम फोतगाउँस्थित मतदान केन्द्रमा खटिएका पाँच जना कर्मचारी बिरामी परेका छन्।
शे–फोक्सुण्डो गाउँपालिका–६ को वडा कार्यालयमा रहेको उक्त केन्द्रमा खटिएका जिल्ला अदालतका सहायक कर्मचारी गोर्खबहादुर थापा, साल्ट ट्रेडिङका धनबहादुर महतरा तथा तीन जना निर्वाचन प्रहरी कृष्ण झाक्री, आत्मराम बोहोरा र इन्द्रमान धरला अस्वस्थ भएका हुन्।
उनीहरूमा ज्वरो, टाउको दुख्ने, खोकी, बान्ता तथा श्वासप्रश्वासमा समस्या देखिएको प्रहरीले जनाएको छ। प्रहरी झाक्रीको अवस्था गम्भीर बनेपछि अक्सिजनसमेत दिनुपरेको बताइएको छ।
सदरमुकाम दुनैबाट करिब ६ दिन पैदल दूरीमा पर्ने दुर्गम क्षेत्रमा तत्काल स्वास्थ्य सेवा पुर्याउन कठिनाइ भएपछि उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्























