काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार प्रतिनिधिसभा सदस्यको मतदान हुने दिन बिहीबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। वरिष्ठ मौसमविद् वरुण पौडेलले वर्षा वा हिमपातका कारण मतदान प्रक्रिया प्रभावित हुने सम्भावना नरहेको बताएका छन्।
बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लाग्न सक्ने भए पनि त्यसले मतदानमा असर नपर्ने जनाइएको छ। लामो समयदेखि वर्षा नभएकाले केही स्थानमा तुवाँलो देखिन सक्ने अनुमान छ।
विभागले निर्वाचनलाई लक्षित गरी विशेष बुलेटिन जारी गर्दै नियमित अद्यावधिक सूचना दिइरहेको र शनिबारसम्म मौसम सामान्य रहने प्रक्षेपण गरेको छ।
प्रतिक्रिया दिनुहोस्























