सर्लाही- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको खुलासा भएको छ।
यसअघि धनुषा–१ का उम्मेदवारको उम्मेदवारी कालोसूचीकै कारण खारेज भएपछि, कलवार पनि सोही सूचीमा रहेको विवरण सार्वजनिक भएको हो। कर्जा सूचना केन्द्रका अनुसार उनलाई २०८१ मंसिर ५ गते कालोसूचीमा राखिएको थियो र सो निर्णय हालसम्म कायम छ।
निर्माण व्यवसायमा संलग्न कलवारमाथि ठेक्का लिएका आयोजना अलपत्र पारेको आरोप समेत लाग्दै आएको छ। अघिल्लो निर्वाचनमा उनी माओवादी केन्द्रबाट उठेका थिए भने यसपटक रास्वपाबाट उम्मेदवारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्























