images
images
  • १ हजार ९७ इरानी मारिएपछि ट्रम्प र नेतान्याहुको खुसीयाली, आक्रमण जारी राख्ने चेतावनी कायमै

    काठमाडौं- अमेरिकास्थित Human Rights Activists News Agency (एचआरएएनए) का अनुसार इजरायल–अमेरिकाले फेब्रुअरी २८ देखि सुरु गरेको संयुक्त आक्रमणमा इरानमा ज्यान गुमाउनेको संख्या हजार नाघेको छ। एजेन्सीले हालसम्म १ हजार ९७ जनाको मृत्यु भएको जनाएको छ, जसमध्ये १० वर्षमुनिका १८१ बालबालिका छन्। घाइतेको संख्या ५ हजार ४०२ पुगेको र तीमध्ये १०० जना बालबालिका रहेको उल्लेख छ।

    पछिल्लो २४ घण्टामा मात्रै कम्तीमा १०४ आक्रमण भएको एचआरएएनएको दाबी छ। सैन्य अड्डा, अस्पताल र आवासीय क्षेत्रलाई लक्षित गरी हवाई हमला गरिएको जनाइएको छ। मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

    यसअघि पहिलो दिनको हमलामा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित करिब ४० शीर्ष नेता तथा अधिकारी मारिएको दाबी गरिएको थियो। त्यसको जवाफमा इरानले इजरायल र अमेरिकी सैन्य उपस्थिती रहेका खाडी मुलुकमा क्षेप्यास्त्र तथा ड्रोन प्रहार जारी राखेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images