जनकपुरधाम- धनुषा क्षेत्र नम्बर ४ अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–४, चन्द्रपुर टोलबाट पैसा बाँड्दै गरेको आरोपमा स्वतन्त्र उम्मेदवार राजकिशोर महरा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेशबहादुर बमका अनुसार महरालाई ४८ हजार ५ सय रुपैयाँ नगद तथा आर्थिक विवरण उल्लेख गरिएको डायरीसहित नियन्त्रणमा लिइएको हो। प्रहरी पुग्ने बित्तिकै उनीसँगै रहेका तीन जना भने फरार भएका छन्।
प्रहरीले पक्राउ परेका महरा र प्रयोग गरिएको गाडीलाई आवश्यक कारबाहीका लागि निर्वाचन आयोगको कार्यालय पठाउने तयारी गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
प्रतिक्रिया दिनुहोस्























