images
images
  • पर्सा-२ का उम्मेदवार बमसहित पक्राउ

    वीरगञ्ज- मनोज चौधरी पक्राउ परेका छन्। पर्सा क्षेत्र–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका चौधरी सवार बा १० च १२५० नम्बरको गाडीबाट शङ्कास्पद बम फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

    जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सागढी नगरपालिका बढनिहार क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो। प्रहरी प्रमुख सुदीप राज पाठकले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै फेला परेको वस्तु सेनाको सहयोगमा निष्क्रिय पारिएको बताए।

    घटनासँग सम्बन्धित थप तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। चौधरीविरुद्ध निर्वाचन ऐन २०७३ र मुलुकी फौजदारी संहिताअनुसार विस्फोटक पदार्थ तथा सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images